कस्तुरी तिज धमाका –२०७६ भव्यताका साथ सम्पन्न


हरेकपल August 25, 2019

भक्तपुर । भक्तपुरमा कस्तुरी तिज धमाका –२०७६ भव्यताका साथ सम्पन्न भएको छ । कस्तुरी फेसियल एन्ड सैलुन को आयोजना सम्पन्न तिज कार्यक्रम मा भक्तपुरका सयौं महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो। चर्चित हास्य अभिनेत्री बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तपुरका ४ बिशेष महिला सहित चर्चित गायक आयुस के सिलाई सम्मान गरिएको थियो ।

चर्चित धावक कान्छिमाया कोजु,बाजा क्विन इन्दिरा लाछिमस्यु,सामाजिक अभियन्ता तथा आत्म रक्षक र प्रशिक्षक पद्मा खयरगोली,मिस भक्तपुर रोशिका देउजा सहित गायक आयुस के .सिलाई भक्तपुर बाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान सहित योगदान गर्न सफ़ल भएकोमा बिशेष सम्मान गरिएको थियो ।सम्मान गर्दै प्रमुख अतिथि बसुन्धरा भुषालले भक्तपुर संग बिशेष पारिवारिक सम्बन्ध रहेको र महिलाहरुले परम्परागत सोचबाट माथी उठेर अधि बढनु पर्ने र यस्ता तिज कार्यक्रमले महिला दिदिबहिनीहरुलाई मनोरञ्जनको साथमा सशक्तीकरण पनि गर्ने भनाइ राख्दै सम्मानित व्याक्तित्वलाई बधाई दिदै कार्यक्रम भव्य सफलताको कामना व्यक्त गर्नुभएको छ ।

 कार्यक्रमलाई गायक तथा कार्यक्रमका संयोजक कपिल कसपालले संचालन गर्नुभएको थियो भने केहि चर्चित गीत प्रस्तुत गरेर माहोललाई तताउनु भएको थियोे । गायक आयुस के सि,गायिका बर्षा सिलवाल,मिरा गोर्खाली,बुनु श्रेष्ठ ,गायक अनिल नवाङ सहित युवा र्यापर प्रबिन तामाङ वाइवा र रोजन बराइलीको बिशेष प्रस्तुति रहेको थियोे ।कार्यक्रमको सभापतित्व कस्तुरी फेसियल एन्ड सैलुनकी अध्यक्ष अनु गिरिले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन भने संचालक रबिन अवालले गर्नुभएको थियो । निकट भविष्यमा यस्ता विभिन्न कार्यक्रमहरु निरन्तर आयोजना गरिने र प्रतिभाको खोजी र सम्मान गरिने कार्यक्रमका संयोजक कपिल कसपालले बताउनु भएको छ ।