आज अजा एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ९ गते


हरेकपल August 26, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ९ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको एकादशी तिथि राति १२।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । आद्र्रा नक्षत्र राति ११।४५ बजेसम्म रहनेछ । आज वज्र योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।४० मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् ।

आज अजा एकादशीव्रत परेको छ । भाद्र कृष्णपक्षको तिथिलाई अजा एकादशी भनिन्छ । अजाको अर्थ पुन अन्मनु नपर्ने भन्ने हुन्छ । अजा एकादशीव्रतधारण गर्नाले यो दुःखरूपी संसारमा पुनः जन्म लिनुपर्दैन मोक्ष प्राप्त हुन्छ । अतः यो संसारी प्रपञ्चबाट मुक्ति प्राप्त गर्नका निम्ति आजको व्रत उपयोगी हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५