नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले पहिलोपटक भेटे राष्ट्रपति


हरेकपल August 25, 2019

काठमाडौ, ८ भदौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डको राष्ट्रपतिसँग यो पहिलो भेट हो ।

आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । राष्ट्रपति भण्डारी र दाहालबीच समसमायिक विषयमा छलफल भएको स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भेटघाट भए पनि दाहाल र राष्ट्रपतिबीच लामो समयदेखि भेटवार्ता भएको थिएन । अर्का अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका वेला दाहालले कार्यकारी अध्यक्षको हैसियतमा राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।

सिंगापुर जानुअघि अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा दाहाललाई आवश्यक परे कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न सहमति दिएका थिए ।