साधु कस्त व्यक्तिलाई भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 26, 2019

न प्रहृष्यति सन्माने नापमाने च कुप्यति ।
न क्रुद्धः परुषं ब्रूयात् स वै साधूत्तमः स्मतः ।। –मनुस्मृति

जो सम्मानमा गर्व र अपमानमा क्रोध प्रकट गर्दैन वस्तवमा उही सच्चा साधु हो ।

सम्मान पाँउदा गर्वले छाती फुलाउने अनि कसैले अपमान गरे खेदो खनेर लाग्ने व्यक्ति कदापि साधु हुन सक्दैनन् । सच्चा साधु त ती हुन् जो सबैमा समभाव राख्दछन् । जसले सबैलाई समान दृष्टिले हेर्छन् वास्तवमा तिनै साधु हुन् । साधुमा समभाव अपिरिहार्य हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –