प्रदेश नं ३ को प्रदेशसभा बैठक दुई महिनापछि आइतबार बस्दै


हरेकपल August 25, 2019

हेटौंडा– प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठक करिब दुई महिनापछि आइतबार पुनः बस्दै छ ।

गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक बस्न लागेको हो ।

भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गोलगायत केही विधेयक पारित गर्ने जनाइएको छ ।

प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी गरेको थियो  ।