रवि लामिछानेलगायत विरूद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता


हरेकपल August 25, 2019

भदौ ८, काठमाडौं । रवि लामिछाने लगायत विरूद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आज नै   टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।