यस्ताे निर्णय गर्याे प्रचण्डको अध्यक्षतामा बसेको नेकपा बैठकले


हरेकपल August 26, 2019

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेकाे सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु ताेकेकाे छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काे अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी ताेकेकाे हाे ।

कसलाई कुन जिम्मेवारी ?

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुख : कमल चौलागाई

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर : महिला संघ सहइन्चार्ज

सीता पौडेल : महिला संघ सहइन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

रामचन्द्र साह : पर्सा इन्चार्ज

बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव