आज त्रिपुष्कर योग, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १० गते


हरेकपल August 27, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको १० गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको द्वादशी तिथि राति १०।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र राति १०।४९ बजेसम्म रहनेछ । आज सिद्धि योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।४० मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज राति १०।४९ बजेसम्म त्रिपुष्कर योग रहनेछ । त्रिपुष्कर योगमा भएका कार्यको तीनगुणा फल प्राप्त हुने शास्त्रीय वचन पाइन्छ । यस योगमा मृत्यु भए विशेष विधि सहित अन्त्येष्टि गर्नुपर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५