कस्ता साथीको संगत गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 27, 2019

परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम् ।
वर्जयेत्तादृशं मित्रं विषकुम्भं पयोमुखम् ।। –नीति श्लोक

अघि ठिक्क पारेर पछि छुरा हान्ने साथी त्याज्य हुन्छन् । दुध खाएर सदा विष वहने सर्प जस्तै प्रवृत्ति भएको साथीबाट कहिल्यै भलो हुँदैन ।

सामुन्नेमा राम्रा राम्रा कुरा गर्ने, प्रसंशाको पात्र बनेर अघि देखिने तर पछि पछि सम्पूर्ण करतूत खोल्ने साथी सदा त्याज्य हुन्छन् । जसले कहिल्यै भालोहुने कार्य गर्दैनन् । यस्ता व्यक्तिको स्वभाव नै दुध खाएर विष वहन गर्ने सर्प जस्तै हुन्छन् । अतः अघि राम्रो बनेर पछि कुरा काट्ने साथी सदा त्याज्य हुन्छन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –