भादौ ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय वैठकले कुनै पनि नेता तथा कार्यकर्ताको सार्वजनिक रूपमा व्यक्तिगत आलोचना वा टिक्काटिप्पणी गर्न नपाइने निर्णय गरेको छ ।
कसैको बारेमा कुनै टिप्पणी गर्नुपर्ने वा केही भन्नु परे पार्टीमा जानकारी गराएर छलफल गर्ने, यदि सार्वजनिक रुपमा कसैको व्यक्तिगत टिकाटिप्पणी गरे भने स्पाष्टीकरण सोध्नुको साथै आवश्यक कारवाही गर्ने निर्णय भएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायाण्काजी श्रेष्ठले जानकारी दिए ।
यसैगरी बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनित गरेको छ । त्यस्तै, राष्ट्रिय सुरक्षा विभागको प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राईलाई राख्ने िनर्णय गरेको छ ।
विदेश मामिला विभागको उपप्रमुखमा विष्णु रिजाललाई राखिएको छ । अनुसन्धान विभागको सह(संयोजकमा रमेश हमाललाई राखिएको छ । प्रादेशिक मामिला विभागको उपप्रमुखमा डोरमणी पोखरेललाई राख्ने निर्णय गरिएको छ ।
सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाँई , कर्णाली प्रदेश सम्पर्क समितिको इन्चार्जमा प्रताप पहाडी, अखिल महिला संघको सह(इन्चार्जमा सुनिता थापा, सीता पौडेल, आदिवासी जनजाति महासंघ नेपाल सम्बद्ध संगठनको सहइन्चर्जमा सुरेश आलेमगर, शेरबहादुर तमाङ्लाई राखिएको छ ।
नेपाल दलित मुक्ति संगठनहरुको सहइन्चार्जमा तिलक परियार, बोमलाल विश्वकर्मा, प्रेस संगठन नेपालको सहइन्चार्जमा महेश्वर दाहाल, जनसाँस्कृतिक नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने सहइन्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्ज जीवन घिमिरे र अजम्बर प्रोग्रेसिभ इन्जिनियर एशोसिएशन नेपालको सहइन्चार्जमा रामकुमारी झाँक्री, सहइन्चार्जमा हिमत कार्कीलाई राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सुनसरी सहइन्चार्जमा भगवती चौधरी, सिरहाका सहइन्चर्जमा प्रमोद नारायण यादव, पर्साको सहइन्चार्जमा रामचन्द्र साह तेली, कास्कीको सहइन्चार्जमा चुडामणी जंगलीलाई राखिएको छ । कैलालीको सहइन्चार्जमा दिपक देवकोटालाई राखिएको छ ।