दयालु पन किन चाहिन्छ ? हेर्नुहोस् आजको नीति वचन


Harek Pal September 1, 2019

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्यु र्दया यत्र न विद्यते ।। –नीति श्लोक

जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ ।

निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । दयाभाव सबैमा हुनु आवश्यक छ । दया हनि सम्पूर्ण कार्य निष्फल रहन्छन् । यसैगरी निर्दयी कार्यले अधर्म बढ्ने भएकाले पनि धर्ममा लाग्नु भनिएको हो । वेदले पनि सबैमा दयाभाव राख भनेको छ । दयाहनि हुनु वेदको निन्दक बन्नु सो सरह रहेकाले पनि हामी दयालु रहनुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

The post दयालु पन किन चाहिन्छ ? हेर्नुहोस् आजको नीति वचन appeared first on Nepali News Online | Nepali Samachar Harekpal.