आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

"/>आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

">

आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको १६ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको तृतीया तिथि बिहान ९।७ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । हस्ता नक्षत्र दिवा १।३९ बजेसम्म रहनेछ । आज शुभ योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।४३ मा छ भने सूर्यास्त बेलुका ६।२२ बजे हुनेछ ।

चन्द्रमा आज कन्या राशिमा छन् । आज हरितालिक तीजका साथै गणेशचतुर्थीव्रत पनि परेको छ । भाद्र शुक्लपक्षको तृतीया तिथिमा हरितालिका तीज पर्ने गर्दछ । सतिको अन्यत्रे विवाह हुनलागेको समयमा साथीले भगाएर लगी शिवजीवर प्राप्त गर्ने मनोकामना प्रर्ण गराएको पौराणिक कथा यसको मूल धार्मिक पाटो हो । हरितालिका तीजको व्रत वस्नाले मनले चाहेको वर प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । वालुवाको शिवलिङ्ग बनाई गौरी सहित शिवजीको उपासनाका साथै भजन, कीर्तन एवं नाचगान गरी यो पर्व मनाउने गरिन्छ ।

यसैगरी भाद्र शुक्लपक्षको चतुर्थी तिथिका दिन पर्ने गणेशचतुर्थी व्रत पनि आज नै परेको छ । गणेजीको उपासना गर्ने आज उत्तम दिन हो । दुवो, लड्डु गणेशजीका प्रिय वस्तु हुन् । जसको अर्पणले भगवान् खुशी भई वर प्रदान गर्नुहुने कथा गणेश पुराणमा वर्णन पाइन्छ । यसैगरी चौरचन पर्व पनि आजै परेको छ । चतुर्थी तिथिका दिन जन्मोत्सव मनाउनेहरूका निम्ति पनि आज नै अष्टचिरञ्जीवी आदिको पूजा हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

The post आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.