मिडिया काउन्सिल विधेयकमाथि पत्रकार महासंघकाे १७ बुँदे संशोधन प्रस्ताव appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

"/>मिडिया काउन्सिल विधेयकमाथि पत्रकार महासंघकाे १७ बुँदे संशोधन प्रस्ताव appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

">

मिडिया काउन्सिल विधेयकमाथि पत्रकार महासंघकाे १७ बुँदे संशोधन प्रस्ताव



काठमाडाैं, १५ भदौ । मिडिया काउन्सिल विधेयकमाथि संशोधन प्रस्तावको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा दलका नेता एवम् प्रमुख सचेतकलाई जिम्मेवार नेता तथा प्रमुख सचेतकलाई आइतबार १७ बुँदे संशोधन प्रस्ताव बुझाएको छ ।

जिम्मेवार पदाधिकारीबाट पूर्वसहमतिअनुरुप विधेयकमा संशोधन हुने प्रतिबद्धता आएको छ । राष्ट्रिय सभामा नेकपाका नेता दीनानाथ शर्मा, नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई, कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र पाण्डे, समाजवादी फोरमका प्रमुख सचेतक बृषेशचन्द्र लाललाई कार्यकक्षमै पुगेर स्मरणपत्र थमाइएको थियो ।

यस्तै प्रतिनिधि सभामा नेकपाका संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङलाई पनि बुझाइएको छ । उहाँले पनि महासंघका मागमा तलमाथि हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको पत्रकार महास‌ंघका सचिव प्रकाश थापाले जानकारी गराउनुभएकाे छ ।

साथै राष्ट्रिय सभामा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई पनि बुझाइयो । यस्तै सोही समितिका सदस्य वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई पनि बुझाइएको छ ।

The post मिडिया काउन्सिल विधेयकमाथि पत्रकार महासंघकाे १७ बुँदे संशोधन प्रस्ताव appeared first on Nepali News Online | Nepali Samachar Harekpal.