पत्रकार, पालिकाका उप प्रमुख र कलाकर्मी सम्मानित appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

"/>पत्रकार, पालिकाका उप प्रमुख र कलाकर्मी सम्मानित appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

">

पत्रकार, पालिकाका उप प्रमुख र कलाकर्मी सम्मानित



रामेछाप १५ भदौ ।
भृङ्गेश्वर सेवा समाजले शानिवार सदरमुकाम मन्थलीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा पत्रकार पालीकाका उप प्रमुख सहित विभिन्न क्षेत्रबाट समाज सेवामा लागेका व्यक्तिहरू सम्मानित भएका छन् । संस्थाले शनिबार सदरमुकाम मन्थलीमा आयोजना गरिएको ‘बृहत तीज बिशेष कार्यक्रम– २०७६’ को अवसरमा विभिन्न क्षेत्रबाट समाज सेवामा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरूमा ८ स्थानीय तहका उपप्रमुख सहित जिल्लाका वरिष्ठ पत्रकार टीकाप्रसाद भट्ट र सामाजिक अभियान्त अप्सरा कार्की अभिनन्दन सहित सम्मानित भएक छन् । त्यसैगरी पत्रकार युनिक विफा घिसिङ, ज्ञानु श्रेष्ठ र रामचन्द्र विकलाई पनि कार्यक्रमको अवसर पारेर संस्थाले सम्मान गरेको हो । संस्थाले कलाकारिताको क्षेत्रबाट कला र संस्कृतिलाई संरक्षण गर्न ठूलो योगदान पु¥याएको भन्दै कलाकारहरूलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलले महिलाहरूले मनाउने गरेको तीजको छुट्टै पहिचान भएकाले यसलाई जोगाउनको लागि सबै लाग्नु पर्ने बताउनुभयो । पूर्व संविधानसभा सदस्य लक्ष्मी गुरुङले महिला विशेष चाडपर्व मनाउँदा महिलाहरूले भोग्दै आएका समस्यहरूलाई बहसको रुपमा उठाउनु पर्नेमा जोड दिनुभयो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नै पहिचान बोकेका नेपाली चाडपर्वहरू पश्चिमा सभ्यताका कारण लोप हुँदै गएकोले त्यसलाई जोगाउन सबै लाग्नु पर्ने बताउनुभयो ।

रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पछिल्ला केही वर्ष देखि नेपालको पहिचान बोकेका चाडपर्वहरू भड्किला हुँदै गएकाले त्यसलाई नियन्त्रण गरी हाम्रो मौलिकता अनुसार चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले भड्किलो तरिकाले तीज मनाउदा धेरै घटनाहरू घटी रहेकाले त्यस्ता घटना नघटाउने गरी तीज पर्वलाई मनाउनु पर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष शिवसागर मगरको अध्यक्षता, नेकपा केन्द्रिय सदस्य एवं पूर्व सासंद देवशंकर पौडेलको प्रमुख आतिथ्यता तथा समाजसेवी केशर बहादुर पौडेलको विशिष्ट आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।

भृङ्गेश्वर सेवा समाजको आयोजना तथा रामेछाप साँस्कृतिक कलाकार समाजको सह–आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुती समेत देखाएका थिए । स्थानिय निकाएका सवै उप प्रमुख हरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको भए पनि रामेछाप नगरपालीकाकि उप प्रमुख सृजना खड्का वाहेक अन्य उप प्रमुख भने कार्यक्रममा सहभागि भएका थिएनन् ।

The post पत्रकार, पालिकाका उप प्रमुख र कलाकर्मी सम्मानित appeared first on Nepali News Online | Nepali Samachar Harekpal.