बर्मामा नेपाली उत्पादनको प्रदर्शनी हुने appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

"/>बर्मामा नेपाली उत्पादनको प्रदर्शनी हुने appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

">

बर्मामा नेपाली उत्पादनको प्रदर्शनी हुने



भदौ १५, काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल (एस्सिडब्लुइसी) संग आबद्ध एक टोली नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्य सहित वर्माको याङ्गनतर्फ यहीभाद« १३ गते प्रस्थान गर्ने भएकोछ ।

वर्मास्थित नेपाली राजदुतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीवर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइनओ ओलीनशहरमा अवस्थित नेपाली दुतावासको प्राङ्गणमा यही भाद« १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरूको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजनागर्ने भएको
छ ।

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरूले प्रयागगर्ने पोते, किलीप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमलीचप्पल, बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरू, गाग्री, खड्कुलो जस्ता सामाग्रीहरूको प्रदर्शनीमा राखिने भएकोछ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरूमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एक अंगहो जसको मुख्य उद्देश्य सार्क मुलुकहरूका महिला उद्यमीहरूलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्षदेखि यो संस्थाले महिला उद्यमीहरूको हितका लगि विभिन्न कदमहरू चाल्दै आएको छ ।

The post बर्मामा नेपाली उत्पादनको प्रदर्शनी हुने appeared first on Nepali News Online | Nepali Samachar Harekpal.