चिसापानीमा तीज विषेश प्रतियोगिता appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

"/>चिसापानीमा तीज विषेश प्रतियोगिता appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

">

चिसापानीमा तीज विषेश प्रतियोगिता



भदौ १५, रामेछाप । मन्थली नगरपालीका वडा नं ८ चिसापानीको वडा स्तरीय युवा क्लवले तिज विषेश कार्यक्रम गरेको छ । महिलाहरूको मुख्य चाडको रूपमा चिनिदै आएको तिजको अवसर पारेर कल्वले आज आफनो वडा भित्रका निमावि र मावि विद्यालयहरूका बीचमा छुछ्अन्तर निमावि स्तरिय गाएन पतियोगिता संचालन गरेको हो ।

भिमेश्वर रुद्र मावि चिसापानीको प्राङ्णमा संचालन गरिएको उक्त प्रतियोगितामा वडा भित्रका चार वटा विद्यालयका विद्याथि हरूको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष वोध प्रसाद दहालले जानकारि दिए ।

उनका अनुसार प्रतियोगितामा मावि समुहमा भिमेश्वर रुदू माविकि अनिसा श्रेष्ठ प्रथम,सोहि विद्यालयका विकेन्द्र श्रेष्ठ द्धितिय, भिरुकै श्रनिता श्रेष्ठ र स्थानापति मावि वाङ्गे सल्लाले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यसैगरी निमावितर्फ जगदम्वा आधारभुत विद्यालय चिसापानिकि कविता भुजेल प्रथम, मावि स्थानापतिकि शान्ति लामा द्वितीय, भिरु माविकी मनिषा घिमिरे तृतिय र भिरुकै छात्रा विनिता खत्रीले सान्त्वना स्थान प्राप्त गरेकि थिईनु । विजयी छात्र छात्रा हरूलाई कार्यक्रमका प्रमुख अतिथी चिसापानीका वडा अध्यक्ष राजकुमार श्रेष्ठले प्रमाण पत्र र शैक्षिक सामाग्रि प्रदान गरेका थिए ।

क्लवका अध्यक्ष बोध प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ विद्यालयका प्रअ शंकर प्रसाद ढुंगेल लगाएतले कार्यक्रम आयोजना गरे बापत क्लवका पदाधिकारी, सहभागि र विजयी विद्यार्थिहरूलाई धन्यवाद दिएका थिए ।

The post चिसापानीमा तीज विषेश प्रतियोगिता appeared first on Nepali News Online | Nepali Samachar Harekpal.