मन्थली साकोसले कमायो एक वर्षमा १ करोड ३० लाख


हरेकपल September 17, 2019

-वद्री नयाँघरे –

रामेछाप । २२ वर्ष अघि देखि संचालनमा आएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफनो साधारण सभा निर्धारित समयमानै सम्पन्न गरेको छ । उसले गत साधारण सभा वाट प्राप्त म्यानडेट र आफनो पुर्व निर्धारित पात्रो अनुसार सदरमुकाममा आफनो २२ औ साधारण सभा सम्पन्न गरेको हो ।

बद्री नयाँघरे / हरेकपल

तमाकोशि सेवा समितिमा कार्यरत तत्कालीन ११ जना अगुवा हरुले थोरै रकम वचत गरि आरम्भ गरेको उक्त संस्थामा हाल सम्म करिव १२ हजार आठ सय को संख्यामा र शेयर सदस्य पुगेको संस्थाको सांगठनिक प्रतिवेदनमा सचिव गोविन्द प्रसाद घिमिरे द्धारा प्रस्तुत साँगठनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा ११ हजार पुजीबाट बचत तथा ऋण लगानी मार्फत आर्थिक तथा सहकारी विकासको अभियानमा सरिक हुँदै आएको यो संस्थाले हाल सम्म आई पुग्दा आफना सदस्यहरुको आर्थिक तथा सामाजीक विकासका क्षेत्रमा निकै ठुलो योगदान पुर्याएको छ । त्यसै गरि संस्थाले गत बर्ष ९६औ अन्तराष्ट्रिय सहकारी दिबस तथा २५ औ राष्ट्रिय सहकारी दिबको अबसरमा राष्ट्रिय सहकारी महासंघ लि बाट ३ नं प्रदेशको उत्कृष्ठ सहकारीका रुपमा सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएको छ । त्ययस्तै सहकारीले गत आवमानै भारतको हिमाञ्चल प्रदेशको सहकारीबाट अन्तराष्ट्रिय स्तरको सहकारी पुरस्कार प्राप्त गरेको जानकारी पनि सचिव घिमिरेले साधारण सभाका अवसरमा जानकारी गराए ।

त्यसैगरि सामाजिक संगै आर्थिक अभियानको अगुवाई गर्दे आएको सो सहकारीले गत आर्थिक बर्ष २०७५-७६ मा १ करोड ३० लाख २३ हजार ८ सय त्रिसठ्ठी रुपैया नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्ट द्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो । कोषाध्यक्ष भट्टले साधारण सभाका अवसरमा संस्थाको आय ब्यय बिबरण प्रस्तुत गर्दै गत बर्ष सम्मको कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैया रहेको, ५८ करोड, ३९ लाख ७ हजार ३ सय सैतिस रुपैया ऋण लगानी भएको , ६२ करोड ७९ लाख ४४ हजार १ सय चौवालिस रुपैया बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पुँजी रहेको जानकारी पनि आफनो आर्थिक प्रतिवेदन मार्फत गराएका थिए ।

अध्यक्ष धु्रब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरप्रमुख रमेश कुुमार बस्नेतले पानसमा द्धीप प्रज्वलन गरि गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दे मेयर वस्नेतले सहकारीलाइृ नगरको आर्थिक सम्वृद्धिको साधक भएको भन्दै मन्थली वचतले सहकारी अभियानमा खेलेका भुमिकाको खुलेर प्रशंसा गरेका थिए । आफनो उद्घाटन् मन्तव्यका क्रममा मेयर बस्नेतले सहकारी र ऐन नियम बिपरित कसैलाई पनि काम गर्ने छुट नभएको भन्दै नियम विपरित जान खोज्ने जुनसुकै सहकारी संस्थाहरुलाई पनि नगरपालीकाले कार्बाहिको दायरामा ल्याएरै छाड्ने चेतावनि पनि दिए । उनले पछिल्लो समयमा वजारमा देखिएका कतिपय सहकारीको कार्यशैलिले सर्वसाधारणलाई समस्या परेको भन्दै नगरपालीकाले साना सहकारी संस्थाहरुलाई ठुला सहकारी हरुसँग मर्जरको प्रकृया समेत अगाडि बढाउने ठोकुवा समेत गरे ।

साधारण सभाले आफनो कार्यकाल सकिएर निर्वतमान हुन लागेका अध्यक्ष धु्रब प्रसाद सुबेदी, उपाध्यक्ष रामचन्द्र बियोगी, सदस्य नानी मैया माझी र लेखा तथा सुपरीबेक्षण समितिका सदस्य कृष्ण बहादुर बस्नेतलाई वाँकि कार्यकालको लागि पुन सोहि पदमा निर्बाचित गरेको छ । साधारण सभाले पत्रकार दीपक भट् लाई नगद र सम्मान पत्र सहित उत्कृष्ठ पत्रकारको रुपमा सम्मान गरेको छ । त्यसैगरि साधारण सभाले विभिन्न विधा अन्र्तगत उत्कृष्ठ ठहर गरि आफना करिव ४ दर्जन जति शेयर सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।