फिल्म अध्यापनका लागि खुल्याे नेपाल फिल्म क्याम्पस


हरेकपल September 17, 2019

काठमाडौं, ३० भदौ । नेपाली चलचित्रको बजार बढेसँगै यसको औपचारिक पढाइका लागि नेपालमै क्याम्पस खुल्न थालेका छन् । यसअघि ओस्कार कलेज स्थापना भएको थियो भने आइतबारबाट त्यस्तै अर्को कलेज खुलेको छ ।

चलचित्रमा चार वर्षीय स्नातक तह अध्ययन गराउने गरी त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिई स्थापना गरिएको ‘नेपाल फिल्म क्याम्पस’ आइतबारबाट सञ्चालनमा आएको हो ।

काठमाडौंको बानेश्वरमा रहेको क्याम्पसले यसै शैक्षिकसत्रबाट चलचित्रमा स्नातकको अध्यापन सुरु गरेको छ । यो क्याम्पसमा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनिसम्बन्धी पाँच विषयमा स्नातक गराइनेछ ।

सो कलेजमा हलिउड, बलिउडसहित श्रीलंका, भुटान र नेपालका फिल्म विज्ञहरुले पढाउने र अन्य कलेजको भन्दा शुल्क थोरै राखिएको कलेजले जनाएके छ । केही विधार्थीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरिने जनाइएको छ ।