परीक्षामा त्रिविको लापरबाही : एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न


हरेकपल September 17, 2019

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षामा चरम लापरबाही देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार सञ्चालित परीक्षामा पुरानै प्रश्नपत्र वितरण गरेपछि सो परीक्षा स्थगित भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षा आधा घन्टापछि स्थगित गरिएको हो । कोड नम्बर ५१३ एड्भान्स एजुकेसनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नुपरेको डिन कार्यालयले जनाएको छ ।

शुक्रबारको परीक्षामा यसअघि बुधबार सञ्चालन भएको फाउन्डेसन अफ एजुकेसन विषयमा सोधिएकै प्रश्न दोहोरिएपछि परीक्षा स्थगित गरिएको हो ।