३ नम्बर प्रदेश सहकारी संघ लि.को प्रथम भेला सम्पन्न


हरेकपल September 17, 2019

काठमाडौं । भाद्र ३१ गते प्रदेश नम्बर ३ सहकारी संघ लि.को प्रथम भेला सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको सभापतित्त्वमा सञ्चालन भएको भेलामा चन्द्रप्रसाद ढकाल, महासचिव नेफ्स्कून, के.बी. उप्रेती, अध्यक्ष राष्ट्रिय सहकारी बैंक, धर्मदत्त देवकोटा, लेखा संयोजक, राष्ट्रिय सहकारी महासंघ, ओम देवी मल्ल, उपाध्यक्ष राष्ट्रिय सहकारी महासंघ, मीनराज कंडेल्, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ आदिको उपस्थिति रहेको थियो ।

उक्त भेलालाई सम्बोधन गर्दै नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले सदस्य संस्थाको आवश्यक्ताको आधारमा संघहरु गठन हुनेगरेको र अहिलेको सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम प्रदेश स्तरीय संघ गठन हुने क्रम सुरु भएको बताउनुभयो । उहाँले यो छाता संघ भएकोले सबै विषय र भौगोलिक क्षेत्र समेटेर समिति बनाउनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले अभियानलाई बलियो बनाउन प्रदेश संघमा सबै किसिमको सहभागीता हुने किसिमले कमिटी बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानको संघियता कार्यान्वयन गर्ने प्रकृयाको रुपमा प्रदेश संघ गठन भएको हुनाले प्रदेशले संघको कानून भित्र रहेर आफ्नो छुट्टै विशेष अवस्थाको लागी कानून बनाउन सक्ने, तर सहकारी ऐन को सबाल्मा प्रदेश र संघको ऐन केही बाझिएको पनि देखिएको हुनाले, त्यस्लाई सुधार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष एवम् आइसिए ग्लोबल बोर्ड मेम्बर ओम देवी मल्लले राज्यको संयन्त्रसंग समन्वय गरेर काम गर्नुपर्ने भएकोले प्रदेश संघको ठूलो भूमिका रहेको बताउनुभयो । संघियता भएका अन्य देशमा पनि प्रदेश कानुन र प्रदेश स्तरीय संरचनाले सम्वन्धित क्षेत्रको विकासमा योगदान पुर्याएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघ लि.का वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले प्रदेश २ बाहेक सबै प्रदेशमा सहकारी को प्रदेश ऐन आईसकेपनि प्रदेश संघ दर्ता भएर प्रमाणपत्र कुनै पनि प्रदेशमा नआएको बताउनुभयो । प्रदेश स्तरीय संघ गठन प्रक्रिया केही जटिल भएकोले प्रदेश ३ मा माथिल्लो संघको समितिमा बस्न नमिल्ने व्यवस्था रहेकोले जिल्ला र प्रदेशमा जाने साथीहरुले राम्रो तयारी गरेर दुबै तहका संघ बलियो बनाउने गरी नेतृत्व चयन गर्नु उपयुक्त हुने बताउनुभयो ।

जिल्ला सहकारी संघ लि.काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले प्रदेश भरीका संघहरुको संघ भएकोले नेतृत्व गर्ने चाहना धेरै लाइ हुनु स्वभाविक भएको र अहिले सबै विषय प्रतिनिधित्व हुने गरी तदर्थ समिति प्रस्ताव गरिएको बताउनुभयो ।

चौलागाइले रामशरण शर्मा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र नेत्रराज पौड्यालकाे संयाेजकत्वमा ३ सदस्य लेखा समिति गठन भएकाे छ ।

१५ सदस्यीय सञ्चालक समिति

१. रामशरण शर्मा घिमिरे
२.जगतलाल गौचन
३.सिता ढकाल
४.भिमप्रसाद दाहाल
५.देवराज न्यौपाने
६.टिकाराम भट्टराई
७.मेनका घिमिरे दाहाल
८.दुर्गा कार्की
९.अम्बिका थापा
१०.हेमलता मुडवरी
११.दिपक शर्मा जंगम
१२.विमलकुमार ढकाल
१३. बालकुमारी श्रेष्ठ
१४.कृष्णप्रसाद तिमिल्सिना
१५. कृष्णभक्त नेपाल


लेखा समिति


१.नेत्रराज पौड्याल
२.लक्ष्मी गिरी
३.कुलप्रसाद देवकोटा