क्वचिद्भूमौ शय्या क्वचिदपि पर्यङ्कशयनं ।
क्वचिच्छाकाहारी क्वचिदपि च शाल्योदनरुचिः ।।
क्वचित्कन्थाधारी क्वचिदपि च दिव्याम्बरधरो ।
मनस्वी कार्यार्थी न गणयति दुःखं न च सुखम् ।। –संस्कृत सुभाषितम्
जो व्यक्ति आफ्नो कार्यमा मग्न रहन्छ उसलाई बाहिरी सुखको चाह रहँदैन ।
जो व्यक्ति आफ्नो कर्ममा दत्त चित्त भएर लागेको छ, उसलाई बाहिरी सुखको कुनै चाह हुँदैन । जे जस्तोमा छ त्यसैमा उसले आफ्नै दैनिकी रमाएर नै चलाइरहेको हुन्छ । जो कहिले जमिनमा सुत्छ, कहिले आनन्दको पलंमा, कहिले मीठो मसिनो खान्छ, कहिले जसो तसो छाक टार्छ, कहिले राम्रा लुगा कहिले नराम्रै भए पनि लगाउँछ त्यस्तका निम्ति मात्र वाहिरी सुख शयलेको मतलव रहन्छ । अन्यथा नित्य आफ्नो कार्यमा मग्न रहनेलाई कुनै सुखको मतलब हुँदैन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –