कस्ता कुरा हाम्रा हातमा छैनन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल September 26, 2019

दुर्लभं त्रयमेवैतत् देवानुग्रहहेतुकम् ।
मनुष्यत्वं मुमुक्षुत्वं महापुरूषसंश्रयः ।।
–नीति श्लोक

जन्म, मुक्ति र महापुरुषको संगत यी तीन कुरा हाम्रा हातमा छैनन् । जसको निम्ति परमेश्वरकै कृपा आवश्यक हुन्छ ।

कतिपय कुरा हाम्रा हातमा रहँदैनन् । कर्म त गर्न सकिन्छ तर फल चाहेकै हुने निश्ति रहँदैन । जसका निम्ति परमात्माको कृपा आवश्यक हुन्छ । यस्तै मध्ये हाम्रो जन्म, मुक्ति सत् पुरुषको संगत यी तीन कुरा हाम्रो वशमा छैनन् । केवल परमेश्वरको हातमा रहेकोल जीवनमा सत्मार्गको यात्रासँगै परमेश्वरको उपासना आवश्यक हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –