लघुवित्त बैंकर्स संघकाको चुनाव आज


हरेकपल September 29, 2019


असोज १२, काठमाडौं । लघुवित्त बैंकर्सको चुनाव आज हुने भएको छ । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्स संघको हो । नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

यसैगरी संघको महासचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाका सीईओ अमरराज खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ । निर्वाचन आज हुने कार्यक्रम रहेको छ ।