लायन्स क्लब अफ काडमाण्डौँले धुम्वाराहीमा वृद्धाश्रम निर्माण गर्ने


हरेकपल September 29, 2019


काठमाडौँ, असोज १२ गते । लायन्स क्लब अफ काडमाण्डौ धुम्वाराहीले काडमाण्डौ महानगर पालिका वडा नंम्वर ४ अन्तरगत धुम्वाराहीमा धुम्वाराही लायन बृद्धाश्रम भवन निर्माण गर्ने भएको छ।

२ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो भवनमा असाहय आमा हरुलाई राखिने छ।

भवन निर्माणका लागी आवश्यक १२ आना २ पैसा २ दाम जग्गा पूर्व प्रशासक एंव स्थानिय समाज सेवी बलराम प्रसाद चापागाँईले निशुल्क रुपमा उपलव्ध गराउनु भयो।

आज आयोजित एक कार्यक्रमका वीच स्थानिय समाज सेवी बलराम प्रसाद चापागाँई, काडमाण्डौ महानगर पालिका वडा नंम्वर ४काअघ्यक्ष मोहन विष्ट लायन्स क्लब डिस्ट्रेक्ट ३२५ए २ को डिष्ट्रिक्टको गर्भनर शोभा जोशी र धुम्वाराही लायन बृद्धाश्रम भवन निर्माण समितिका संयोजक लायन धनराज वडालले भवन निर्माण कार्यको शिलान्यास गर्नु भएको थियो।