हाम्रो नवीन यात्रा


हरेकपल September 29, 2019

सूचना चौतारी संचार सहकारी लि.ले आफ्नो गतिलाई क्रमशः बढाउदै नवीन यात्राको चरणमा प्रवेश गर्न लागेको छ । सूचना चौतारीले आफ्ना उत्पादनहरूमध्येको हरेकपल अनलाइन, सहकारी नेपाल डटकम र सहकारी नेपाल मासिक पत्रिका अबका दिनमा नयाँ आवरण, स्वरूप (डिजाइन)मा मात्र होइन प्रविधिको प्रवाहलाई समात्दै श्रव्यदृश्य सामग्रीहरूलाई युट्युव मार्फत् प्रक्षेपण आरम्भ गरेको छ । सूचना प्रविधिको सदुपयोग गर्नु, समाचार, विचार, सूचना र पत्रकारिताका मूल्यहरूलाई आम पाठक, स्रोता र दर्शकमाझ एकैपटक पुर्याउनु हाम्रो आगामी दिनको कार्यभार हुनेछ ।
हरेकपल अनलाइनलाई लोकतन्त्रका मूल्यहरूमा, सामाजिक न्यायका व्यवहारपरक प्रयोगहरूमा, समुदायबीचको सद्भावका पक्षमा आधारभूत मानव अधिकारका निम्ति समर्पित गराइने हाम्रो प्रतिबद्धता यथावत छ । देश र जनतालाई केन्द्रमा राखेर अनि लोकतन्त्र र वर्तमान राजनीतिक प्रणालीहरूका पक्षमा आम नागरिकलाई सुसूचित गर्नु, सचेत गर्नु र जिम्मेदार प्रत्येक निकाय र व्यक्तिहरूलाई उत्तरदायी बनाउनु हाम्रोे कत्र्तव्य ठान्दछौं । हामी सबै जिम्मेदार सहयोगी मित्रहरुलाई सूचना, विचार र टिप्पणीहरू प्रक्षेपित गर्दा अधिकार सहित जिम्मेदारीको ख्याल गर्न समेत आग्रह गर्दछौं । हामीले निर्वाह गर्नुपर्ने जिम्मेदारीप्रति निरन्तर सजग रहने प्रतिबद्धता व्यक्त गर्दछौं । आरम्भ यो नवीन यात्रामा अधिक भन्दा अधिक साथी, सहयोगीहरू संबद्ध हुनुहुने छ भन्ने हाम्रो विश्वास छ ।
हाम्रा सम्पूर्ण पाठक, दर्शक, श्रोता तथा सूचना चौतारीका सदस्यहरू तथा सहयोगीहरू सबैमा विजया दशमी २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।