असोज १२, काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.र के.जे. देव कर्नर, काठमाडौंबीचसम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरूले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीयप्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरका प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथविकास बैंक लि.ले देशैभरि रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएम्बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंककाप्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।