विश्व मुटु दिवस– अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर


हरेकपल September 29, 2019

असोज १२, ललितपुर ।
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ ।


‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’भन्ने नाराका साथ लायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङ्गणमा शिविर आयोजना गरेको हो ।


मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरूका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ ।


इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएकोअल्का अस्पतालले जनाएको छ ।


मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरू निशुल्कगरिएको अल्का अस्पतालकाप्रमुखकार्यकारी अधिकृत(सिइओ) दिलिपथापाले बताए ।
उनकाअनुसार निःशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्कवितरण गरिएको छ ।


शिविरमा जाँच गरेकाहरूको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ ।
विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमाउल्लेख रहेको छ ।
धुमपान, मद्यपान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिक व्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् ।