असोज १२, काठमाडौँ । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडले २०७६ बडादशैँको उपलक्षका शुभकामना आदानप्रदान कार्यक्रमका साथै हरेकपल डटकमको नयाँ आवरणको समेत समुद्घाटन सम्पन्न गरेको छ । संस्थाका ज्येष्ठ सदस्य एवं सल्लाहकार सूर्यबहादुर नकर्मीले हरकपलडटकमको नयाँ आवरण उद्घाटन गर्दै सम्पूर्णमा मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।
मन्तव्य राख्दै संस्थाका सल्लाहकार एवं आइसिए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले यस सहकारीको उन्नयनमा लाग्नुभएका सम्पूर्ण व्यक्तित्वलाई हार्दिक धन्यवादका साथै बडादशैँ, तिहार एवं नजिकिदै गरेका चाड पर्वको हार्दिक मंगलमय शुभकमामनान व्यक्त गर्नुभयो । सहकारीका माध्यमबाट सञ्चारमा नयाँ आयामा थप्ने उद्देश्यले हरेकपलडटकम अगाडि बढेकाले यसमा सबैको साथ र सहयोग रहेको समेत बताउनुभयो ।
सहकारीमा अपनत्व प्रदान गर्नका निम्ति सबै आबद्ध रही यसको विकासमा थप योगदान दिन संस्थाका मानार्थ अध्यक्ष एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सबैमा आग्रह गर्नुभयो । सबैका समाचार अटाउने एकमात्र थलो हरेकपल भएकाले यसमा लगानीका साथै आफ्ना समाचार समेत सम्प्रेषण गर्न अनुरोध पनि गर्नुभयो । ‘सहकारीमा एउटाले मात्र गरेर हुँदैन । सबैको सहकार्य आत्यावश्यक रहन्छ । अतः यस्ता कार्यमा सबैको अपनत्व र सहभागिता आवश्यक रहेको छ’ भन्ने धारणा समेत राख्नुभयो ।
संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विपिन शर्माले सबैले हातेमालो गरेर संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सेयर सदस्यमा वडादशैँको मंगलमय शुभकामना व्यक्त गर्नुभयो । यसैगरी वहाँले गर्दै सूचना चौतारी सञ्चर सहकारीका नयाँ योजना समेत सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमको सहजकिरण गर्दै संस्थाका सचिव कमलराज अधिकारीले सम्पूर्ण सेयर सदस्यमा वडादशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूचना चौतारी सञ्चार सहकारी संस्थाका कार्यकारी प्रमुख एवम हरेकपलका सम्पादक प्रकाश थापाले सञ्चारका क्षेत्रमा नयाँ फड्को मार्न सबैको साथ र सहभागिता रहेको जनाउनु भयो । यसैगरी हरेकपलडटकम, सहकारी नेपाल एवं सहकारी मासकि पत्रिकाका प्राविधक विषयवस्तुमा समेत वहाँले प्रकाश पार्नुभएको थियो । अब हरेकपल डटकममार्फत् ‘हरेकपल टिभी’ च्यानल पनि सञ्चालनको तयारीमा जुटेको छ ।