कस्तो सपना निरर्थक हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 1, 2019

व्याधितेन सशोकेन चिन्ताग्रस्तेन जन्तुना ।
कामार्तेनाऽथ मत्तेन दृष्टः स्वप्नो निरर्थकः ।।
–पञ्चतन्त्र, ५।११

रोगी, शोकग्रस्त, चिन्तित, कामुक र मत्तभएका बेलामा दिएको सपना निरर्थक हुन्छ ।


हामी सपना देख्नेवित्तकै फलको चिन्ता गर्न थाल्दछौँ । तर आफ्नो अवस्थाको ख्याल गर्दैनौँ । देखिएका सबै सपना फलदायी रहँदैनन् । विशेषतः रोगले ग्रस्त भएका व्यक्तिले देखेको सपना नभएर त्यो केवल मनको विकार मात्र हुन्छ । त्यसैले यस्तो अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । यसैगरी शोकग्रस्त, चिन्तित, कामग्रस्त र मातेर मत्त भएको अवस्था देखिएका सपना पनि फलभोगका योग्य रहादैनन् । स्वस्थ व्यक्तिले देखेका मात्र फलदायी हुन्छन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–