नेकपा सचिवालय बैठकः महरालाई राजीनामा दिन निर्देशन


हरेकपल October 1, 2019

काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले बलात्कार काण्डमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउन सुझाव दिने निर्णय गरेको हो।

घटना सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूसँग छलफल गरेपछि महरालाई राजीनामाको दबाव बढेको थियो।

महराले पनि पूर्वमाओवादी निकट नेताहरूसँग भावी रणनीतिका बारेमा छलफल गरेका थिए। त्यहाँ पनि महरालाई राजीनामा दिएर सहयोग गर्न सुझाव दिइएको थियो।