कस्ता कुरा सहजतः स्वीकार्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 2, 2019

धर्मं धनं च धान्यं च गुरोर्वचनमौषधम् ।
सुगृहीतं च कर्तव्यमन्यथा तु न जीवति ।।
– चाणक्य

धर्म, आफ्नो धन धान्य, सद् गुरुको वचन र औषधीलाई सहजतः स्वीकार्नु पर्दछ ।


केही विशेष यस्ता कुरा छन् जो हामीले सहजतः स्वीकार गर्न सक्नुपर्दछ । स्वधर्मको नित्य परिपालना गर्न सक्नुपर्दछ । सत्य बोल्नु, अरुको निन्दा नगर्नु, सबैलाई समान दृष्टिले हेर्नु र व्यवहार गर्नुका साथै परिपालना गर्दे आएका आफ्ना रीति स्थितिलाई निरन्तरता दिनु पनि स्वधर्मको परिपालना हो । यसैगरी भएको धनधान्य जे जति छ त्यसमा चित्त बुझाउने यत्न पनि गर्नुपर्दछ । धनप्रतिको असन्तोष पनि हुनु उचित होइन भन्ने चाणक्यको मत छ । यसैगरी सद्गुरुको वचन र औषधीलाई पनि सहजतः स्वीकार गर्न सक्नुपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–