कस्ता व्यक्तिले अर्काको दुःख देख्दैनन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 3, 2019

राजा वेश्यं यमश्चाग्निस्तस्करौ बालयाचकौ ।
परद्ःखं न जानन्ति अष्टमो ग्रामकण्टकः ।।
– चाणक्य

राजा, वेश्या, यमराज, अग्नि, चोर, बालक, याचक र अर्कालार्य दुःख दिएर आफ्नो निर्वाह गर्ने व्यक्तिले कसैको दुःख देख्दैनन् ।


संसारमा मान्छे बलेकै आगो तप्छन् । अर्काको दुःख देख्ने व्यक्ति पनि कम नै हुन्छन् । यस्ता विशेष व्यक्ति छन् जसले दुःख देख्न सक्दैनन् जसले सुख देलान् भनेर आश गर्नु व्यर्थ हुन्छ । त्यसमध्ये राजा पनि एक हुन् । राजा अर्थात् देशको शासककले जनताको दुःख देख्न सक्दैन । यसैगरी वेश्याले पनि अरुको दुःख देख्न सक्दिन । किनकि उसको पेशा नै सुखका निम्ति हो । यसैगरी यमराज अर्थात् कालले पनि दुःख सुखको केही मतलब गर्दैान । आगो पनि दुःख नदेख्ने वस्तु हो । बालकले पनि दुःखपरेको कुरा बोध गर्न सक्दैन भने चोरले त अरुलाई दुःख दिएर नै पेट पाल्ने हो । यसैगरी माग्ने मगन्तेले पनि अरुको दुःख दैख्दैन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–