कालको महिमा कस्तो छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 6, 2019

कालः पचति भूतानि कालः संहरते प्रजाः ।
कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः ।।
– चाणक्य

कालले सबै प्राणीलाई पचाउँछ । कालले नै सबै प्राणीको नाश गर्छ । सबै पदार्थ लय भएपछि काल जाग्दछ । काललाई कसैले नाघ्न सक्दैन ।


काल अर्थात् समयको महिमा अचम्मको छ । समयले नै यो जगत्को सृष्टि र विनाश पनि गर्दछ । काल कसैको बशमा पनि रहँदैन । कालले नभेट्टाउने ठाँउ पनि छैन । यसैगरी कालले नै सुप्त अवस्थाबाट जागृत गराउँछ । यसलाई कसैले पनि भङ्ग गर्न सक्दैन । अतः समयको महिमा सबैले जान्नु पर्छभन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –