आज प्रदोषव्रत पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २४ गते


हरेकपल October 11, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २४ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको त्रयोदशी तिथि राति ९।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र राति ५।५८ बजेसम्म रहनेछ । वृद्धि योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०२ मा छ भने सूर्यास्त बेलुका ५।३८ बजे हुनेछ ।


चन्द्रमा आज कुम्भ राशिमा छन् । आज प्रदोषव्रत रहेको छ । आजको सन्ध्याकालीन समय विशेष दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना शुभ रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्