अष्टौ गुणाः पुरुषं दीपयन्ति प्रज्ञा च कौल्यं च दमः श्रुतं च ।
पराक्रमश्चाबहुभाषिता च दानं यथाशक्ति कृतज्ञता च ।। – विदुर नीति
प्रज्ञा, इन्द्रिय संयम, शास्त्रज्ञान, पराक्रम, कम बोल्ने र यथाशक्ति दान दिने व्यक्तिको ख्याति बढ्दै जान्छ ।
विदुले विशेष गुण भएका व्यक्तिले चाडै ख्याति प्राप्त गर्दछन् भनेका छन् । पहिलो गुण प्रज्ञा हो । प्रज्ञा विशिष्ट प्रकारको ज्ञान हो । यसैगरी इन्द्रिय संयम अर्को गुण हो । इन्द्रिय संयम भनेको ज्ञानेन्द्रिय र कर्मेन्द्रियको संयम अर्थात् उचित उपयोग हो । यसैगरी ख्याति कमाउने व्यक्ति शास्त्रको पनि चिन्तक हुनपर्दछ भनिएको छ । साथै पराक्रमी, कम बोल्ने र यथाशक्ति दान दिन सक्ने व्यक्तिले नै सर्वत्र ख्याति प्राप्त गर्न सक्दछन् भन्ने नीति वचन मननीय छ । नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्