श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २५ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको चतुर्दशी तिथि राति १२।४ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र अहोरात्र रहनेछ । ध्रव योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०२ मा छ भने सूर्यास्त बेलुका ५।३७ बजे हुनेछ ।
चन्द्रमा आज मीन राशिमा छन् । आज शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्