कस्ता व्यक्तिका शत्रु पराजित हुन्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 12, 2019

प्राप्यापदं न व्यथते कदाचित्
दुद्योगमन्विच्छति चाप्रमत्तः ।
दुःखं च काले सहते महात्मा
धुरन्धरस्तस्य जिताः सप्तनाः ।।
– विदुर नीति


जो आपत्ति पर्दा पनि कहिल्यै दुःखी हुँदैन, सावधानीपूर्वक उद्योगको आश्रय लिन्छ, समयले दिएको दुःखलाई सहन्छ उसबाट शत्रु पराजित हुन्छन् । आपत्तिलाई पनि चुनौतिमा वदल्न सक्ने व्यक्तिले नै संसारमा उन्नति गर्न सक्दछ । यस्ता व्यक्तिका शत्रु स्वयं पराजित हुन्छन् । यसैगरी निरन्तर आफ्नो कार्यमा अघि बढिरहने व्यक्तिले पनि उन्नतिको शिखर चुम्छ भनिएको छ । जीवनमा धनी बन्नका निम्ति दुःख सहन गर्न सक्ने क्षमता पनि हुनु पर्दछ । दुःख सहन गर्ने व्यक्तिको जीवन सफल हुन्छ । अतः जीनमा धनी हुन धैर्य, निरन्तर उद्योग र सहनशीलता चाहिन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –