महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आज गान्धी जयन्ती मनाउँदै


हरेकपल October 2, 2019

काठमाडाैं, १५ असाेज । आज विश्व अहिसा दिवस अर्थात् गान्धी जयन्ती। नेपालमा पनि याे दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा भारतका अहिसाबादी नेता महात्मा गान्धीकाे जन्मदिनको अवसर पारेर प्रत्येक अक्टोबर २ तारिखमा यो दिवस मनाउने गरिन्छ।

यसै अबसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौंमा अन्तर्राष्टिय अहिंसा दिवस एवं १५० औं गान्धी जयन्ती मनाइदैछ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने बिचार गोष्ठीमा सहभागी हुन भारतीय कंग्रेस आईका नेता एवं भारतीय पूर्ब बिदेशमन्त्री सलमान खुर्सिद नेपाल आएका छन्।

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिको निम्तोमा भारतीय बिदेशमन्त्री खुर्सिदसहित भारतीय जनता पार्टीका राष्टिय प्रवक्ता विजय सोनकर शास्त्री पनि आएका छन्।

दिउँसो १ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा कांग्रेस सभापति देउवासहित, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठाका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए।