विद्यार्थीले कस्ता कुरामा ध्यान दिनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 13, 2019

सुखार्थिनः कुतोविद्या नास्ति विद्यार्थिनः सुखम् ।
सुखार्थी वा त्यजेद् विद्यां विद्यार्थी वा त्यजेत्सुखम् ।।
– हितोपदेश

विद्यार्थीलाई सुख र सुखार्थीलाई विद्या कदापि प्राप्त हुन सक्दैन । त्यसैले विद्या आर्जनका निम्ति कडा परिश्रम नै गर्नु पर्दछ ।
विद्यार्थीले सुख खोज्नु हुँदैन भन्ने नीति वचन रहेको पाइन्छ । विद्या र सुख विपरीत कुरा हुन् । सुखले ज्ञान नष्ट गर्छ । अध्ययनमा सफलता प्राप्तिका निम्ति सुखको त्याग गरी कडा मिहिनेत गर्नु पर्दछ । सौखिन विद्यार्थीले असली विद्या आर्जन गर्न सक्दैन । सुखार्थीले विद्या र विद्यार्र्थीले सुख त्याग्नु नै पर्छ भन्ने नीति वचन मननीय छ ।–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –