आज सोमवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २७ गते


हरेकपल October 14, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २७ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन कृष्णपक्षको प्रतिपदा तिथि राति ३।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । रेवती नक्षत्र विहान १०।५० बजेसम्म रहनेछ । व्याघात योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०३ मा छ भने सूर्यास्त बेलुका ५।३६ बजे हुनेछ ।


चन्द्रमा आज मीन राशिमा छन् । आजबाट कार्तिक कृष्णपक्षको आरम्भ भएको छ । कृष्णपक्षमा चन्द्रमााके उज्यालो भाग त्र,मशः घट्दै जाने गर्दछ । आज शिवजीको उपासनासँगै सेता वस्तुको प्योग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्