कांग्रेस उपसभापति निधि र भारतीय नेताहरूबीच भेटवार्ता


हरेकपल October 2, 2019

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र भारतका पूर्व विदेशमन्त्री सलमान खुर्सिदबीच भेटवार्ता भएको छ। खुर्सिद महेन्द्रनारायण स्मृति प्रतिष्ठानले आज काठमाडौंमा गर्ने विचार गोष्ठीमा सहभागी हुन काठमाडौं आएका हुन्।

प्रतिष्ठानले आज अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १५० औं गान्धी जयन्ती मनाउँदैछ। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।

यसैगरी प्रतिष्ठानका मानार्थ अध्यक्षसमेत रहेका निधिले उक्त कार्यक्रममा सहभागी हुन आएका भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीसँग पनि भेटवार्ता गरेका छन्।