नेकपाले महरालाई कारबाही गर्दै


हरेकपल October 3, 2019

काठमाडाैं, १६ असाेज । सत्तारुढ दल नेकपाले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ ।  याे खबर आजकाे राजधानी दैनिकबाट लिएका हाैं ।

बलात्कारको आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुखर  सांसद दुबै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । 

मंगलबार बसेको सचिवालय बैठकले दुबै पदबाट राजीनामा दिन सुझाएपनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । 

नेकपा एक सचिवालय सदस्यका अनुसार बैठकले दिएको सुझाव कार्यान्वयन नगरेकाले अब संसदीय दलको बैठकमा उनलाई नबोलाइने बताए । संविधानको कुन धाराअनुसार राजीनामा गरेको भन्ने कुरासमेत आफ्नो राजीनामापत्रमा उल्लेख नगरेको र पार्टीले दिएको सुझावसमेत नमानेकाले पार्टीले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने नेकपा स्रोतले जनाएको छ । 
पार्टीको निर्णय नमानेकाले अनुशासनको कारबाही गर्ने स्रोतको दाबी छ। याे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।