काठमाडौं, १६ असोज । छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ६०० रहेको छ। बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ८०० र तेजावी सुन ६८ हजार ५०० हजार किनबेच भएको थियो।
चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि बृद्धि भएको महासंघले जनाएको छ।