चिनियाँ राष्ट्रपति नेपाल भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल


हरेकपल October 10, 2019

काठमाडाैं, २३ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका थिए ।