काठमाडौं, २३ असोज । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको छ ।
अस्पतालकाअनुसार महराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको हो। उनलाई हाल क्याबिनमा राखिएको छ । सोमबारदेखि हिरासतमा रहेका महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको बताइएको छ ।