राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण


हरेकपल October 11, 2019

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक शुक्रबार प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरु प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरण हुने विधेयकमा प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको छ ।