होटल सोल्टी पुगे चिनियाँ राष्ट्रपति, प्रतिपक्षी दलका नेता देउवासँग शनिबारै भेटघाट


हरेकपल October 12, 2019

काठमाडौं, २५ २५ असाेज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिन पिङ त्रिभुवन विमानस्थलको कार्यक्रम सकेर होटल सोल्टी पुगेका छन् ।

विमानस्थलबाट साँझ ५ः४० बजे होटल सोल्टी प्रस्थान गरेका राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुनेछ ।

त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शनिबारै भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवासँगको भेटपछि राष्ट्रपति सी भण्डारीले होटल सोल्टीमै उनको सम्मानमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनेछन् ।

यसअघि चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ । अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो। 

नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका उनको स्वगतामा प्रधानमन्त्री केपि शर्मा वली पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन् ।