कांग्रेस सांसद अफताव आलम पक्राउ


हरेकपल October 13, 2019

काठमाडौं, २६ असोज । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ सालको पहिलो संविधानसभा चुनावताका रौतहटमा भएको बम काण्डका आरोपी नेपाली सांसद आलम पक्राउ गरेको खबर छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको प्रहरीले जनाएको छ।
रौतहटको राजपुर फरहदवास्थित आफ्नै निवासमा बम बनाउँदै गर्दा भएको विस्फोटमा परि २ नेपाली र १९ भारतीय नागरिकको मृत्यु हुनुका साथै २ दर्जन बढी घाइते भएका थिए। बम बनाउँदै गरेको घरमा पनि विस्फोटबाट क्षति पुगेको थियो।

रौतहट क्षेत्र २ बाट निर्वाचित आलमलाई गौरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। विस्फोटमा घाइते भएकालाई आलमकै निर्देशनमा इँटा भट्टीमा हालेर मारेको आरोप पनि उनीमाथि लागेको छ। यो विस्फोटको मानवअधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरेका थिए।