चियापानमा उपस्थित भएर ओली र प्रचण्डले गरे कांग्रेसको प्रशंसा


हरेकपल October 13, 2019

काठमाडौं, २६ असोज । कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् । आइतबार चियापान समारोहमा उपस्थित अध्यक्षद्वयले नेपाली कांग्रेसको प्रशंसा गरेका छन् ।

चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले चाडपर्वमा आयोजना हुने यस्ता कार्य अझै राम्रो बनाउने बताए । कांग्रेसले चियापान कार्यक्रमको सुरुवात गरेको र यस्ता चाडपर्वले सम्बन्धलाई अझ मजबुत राम्रो बनाउने बताए ।

अहिले चियापन परम्पराजस्तो बनेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको प्रशंसा गरे । त्यसैगरी नेकपाका अर्का अध्यक्ष प्रचण्डले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुसी लागेको बताए ।

दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिलेको दुईतिहाइको कुरा नगर्न आग्रह गर्दै भने, ‘हेर्दै जाऔंँ राजनीतिले कस्तो कोल्टे फेर्छ ?’