समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक : सरकारबाट बहिर्गमन हुनेबारे कुरा उठ्ने


हरेकपल October 14, 2019

काठमाडौं, २७ असोज । तत्कालीन नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ ।

सोमबारको बैठकमा पार्टी समायोजनबारे समीक्षा र समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । बैठकमा सरकारको काम-कारबाहीबारे समीक्षा हुने बताइएको छ ।

पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गर्ने र सरकारबाट बहिर्गमन हुने या सरकारमै बसेर संंघर्ष गर्ने कार्यसूचीबारे पार्टीका नेताले कुरा उठाउने भएका छन् ।

राजपालगायत पार्टीसँग एकता तथा ध्रुवीकरणबारे पनि छलफल हुने साथै समसामयिक राजनीतिबारेमा पनि बैठकमा छलफल गरिने पार्टीका नेताहरूले जानकारी दिएका छन् ।